Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

प्रभु क्यापिटल र रिसेन्ट ट्राभल्सबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

प्रभु क्यापिटल र रिसेन्ट ट्राभल्सबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने


  • 2.7K
    Shares

    प्रभु क्यापिटल र रिसेन्ट ट्राभल्सबीच सम्झौता, ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने
    images

    काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना  हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स बीचमा तीन बर्षका लागि आइतबार सम्झौता भएको हो । 

    उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले  हस्ताक्षर गरेका हुन् । 

    सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले  दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौको उत्तरढोका–२, स्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्घमा १५ प्रतिशत तथा  विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन् ।

    यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ । जसको आधारमा टुर्स एण्ड ट्राभल्सले ग्राहकलाई विशेष छुट दिनेछन् । 

    प्रकाशित मिति :पौष ९ २०८० सोमवार - ०८:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij