Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग


  • 2.5K
    Shares

    सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग
    images

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनस्थित श्री झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री  प्रदान गरेको छ । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसंगको सहकार्यमा सहयोग प्रदान गरिएको हो । 

    विद्यालयमा आज आयोजित एक समारोहका बीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप रू एक लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । 

    समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गरे ।

    यसैबीच बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने विज्ञप्तिमार्फत जनाएको छ । 

    प्रकाशित मिति :पौष ६ २०८० शुक्रवार - १५:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij