२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । सोही साधारणसभामा कम्पनीले बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ । कम्पनीका अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् । पुस १६ गतेका लागि सेयरधनी दर्ता पुस्तिका बन्द(बुक क्लोज)हुनेछ ।
साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितीको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij