Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ

सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ


  • 7.6K
    Shares

    सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले आवाजविहीन जनताको आवाजलाई सशक्तरुपमा उठाउनुपर्ने बताउनुभएको छ  । पोखराबाट आजदेखि प्रसारण शुरु गरेको ‘एभरेष्ट एफएम’ को सेवा शुभारम्भ कार्यक्रममा उहाँले सञ्चारमाध्यमले सरोकार भएकालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

    प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सरकारका गतिविधिलाई जनतासम्म लैजान र कमीकमजोरी सच्याउन पत्रकारिताको माध्यमबाट सञ्चारमाध्यमले सघाउने विश्वास व्यक्त गर्नुभयो । प्रदेशका सञ्चारमाध्यमको सवलीकरणका लागि सरकाले लोककल्याणकारी विज्ञान उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोरोना महामारीका कारण विश्वभरका सञ्चारमाध्यम अहिले सङ्कटको अवस्थामा रहेको प्रतिकूल समयमा  अनुकूलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु प्रशंसनीय रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले अनुभवी पत्रकारको समूहले शुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीवासी जनतामा लोकप्रिय बन्ने विश्वास व्यक्त गर्दै दिगोरुपमा मिडिया सञ्चालन ल्याउन ध्यान आग्रह गर्नुभयो ।

    न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गङ्गाधर पराजुलीले एफएम पत्रकारिताको क्षेत्रमा उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । एभरेस्ट मिडिया हाउसले यसअघि एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याइसकेको छ ।

    विश्वव्यापी महामारीका कारण दुई दशकदेखि सञ्चारकर्ममा लागेका सञ्चारकर्मीको रोजगारी गुमेपछि पोखराका अनुभवी तथा युवा उद्यमीसँगको सहकार्यमा सञ्चालनमा आएको प्रालिले एफएम रेडियो, अनलाइन न्यूज पोर्टल सञ्चालनमा ल्याइसकेको छ । चाँडै यूटूब च्यानल टिभी एभरेस्ट सञ्चालनमा ल्याइने प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताउनुभयो । ‘सधैँ सँगै’ मुख्य नारा बनाएको एभरेस्ट एफएम एक हजार वाट क्षमताको रहेको र ९३ मेगाहर्जमा सुनिने र एफएम आवाजविहीनको आवाज बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १७:०५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij