Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल

ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल


  • 2.8K
    Shares

    ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल
    images

    काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको आइतबार सम्पन्न सञ्चालक समितिको ४५ औँ बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनीत भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ । 

    बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव बोकेका बराल आइतबारदेखि लागू हुने गरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एसिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेको अनुभव रहेको छ ।

    यसका साथै, एन आई सी एसिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरेका बरालको अन्य विभिन्न संस्थाहरूमा समेत सफल कार्य गरेको अनुभव रहेको छ । भारतको आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल।बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

    प्रकाशित मिति :पौष २ २०८० सोमवार - ०७:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij