Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

गरिमा क्यापिटलले पायो ‘योजना व्यवस्थापक तथा डिपोजीटरी’को अनुमति

गरिमा क्यापिटलले पायो ‘योजना व्यवस्थापक तथा डिपोजीटरी’को अनुमति


  • 2.5K
    Shares

    गरिमा क्यापिटलले पायो ‘योजना व्यवस्थापक तथा डिपोजीटरी’को अनुमति
    images

    काठमाडौँ । गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीले सो अनुमति पाएको जनाइएको छ । 

    गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । सो कम्पनीले  हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य –डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु पनि सञ्चालन गर्दै जाने आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

    प्रकाशित मिति :पौष २ २०८० सोमवार - ०७:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij