Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

१० अंकले घट्यो सेयर बजार, डेढ अर्ब नाघ्यो कारोबार

१० अंकले घट्यो सेयर बजार, डेढ अर्ब नाघ्यो कारोबार


  • 3.8K
    Shares

    १० अंकले घट्यो सेयर बजार, डेढ अर्ब नाघ्यो कारोबार
    images

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से अघिल्लो दिनको तुलनामा १० अंक घटेको छ भने ‘क’ वर्गका कम्पनीहरुको सेन्सिटीभ सूचक २.१ अंक घटेको छ । मंगलबारको कारोबारपछि नेप्से १८३७ विन्दुमा कायम भएको छ ।

    कुल ६२ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १४ को स्थिर रह्यो । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १९ करोडको धितोपत्र कारोबार भएकोमा मंगलबार १ अर्ब ५४ करोड रुपैयाँको भयो ।

    कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - १५:२९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij