Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

आगो ताप्ने क्रममा घर जल्दा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

आगो ताप्ने क्रममा घर जल्दा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु


  • 2.1K
    Shares

    आगो ताप्ने क्रममा घर जल्दा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु
    images

    सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु भएको छ।

    काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर नेपालीको मृत्यु भएको हो। 

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भएर एलपी ग्यास सिलिण्डर पड्किँदा  घटना भएको जानकारी दिए। सोमबार साँझ भएको यो घटनामा लोकबहादुरको पूरै शरीर जलेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको छ। आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ।

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - ०९:५९:३५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij