Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राजदूतावासबाट दिइने सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन प्रचण्डको निर्देशन

राजदूतावासबाट दिइने सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन प्रचण्डको निर्देशन


  • 2.2K
    Shares

    राजदूतावासबाट दिइने सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन प्रचण्डको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई आइपुगेका छन्।

    स्थानीय समय अनुसार राति करिब १ः३० बजे उनको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई यूएईको लागि नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले आज विहान राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको निरिक्षण गर्नुका साथै नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिएका थिए। प्रधानमन्त्रीले राजदूतावासबाट दिइने सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन समेत दिएका थिए। प्रधानमन्त्री प्रचण्डले आजै नेपाली समुदायसँग पनि छलफल गरेका छन्।

    नेपाली दूतावास आबुधावीको आयोजनामा भएको एक स्वागत कार्यक्रममा उनले जलवायु परिवर्तनको प्रभावबाट सिर्जित समस्याको कारण हामी नभएको बताए। हामीले नगरेको कर्मको भारी बोकेका छौँ। नेपाल कोप-२८ मा माग्नेको रूपमा होइन अधिकार कायम गर्ने गरी प्रस्तुत हुन्छ। कोपमा हाम्रो उपस्थिति यही मनस्थिति र तयारी साथ रहेको बताए। कार्यक्रममा यूएईमा रहेका विभिन्न समुदायका व्यक्तित्वहरूको उपस्थिति थियो।

    प्रचण्डले आजै साँझ दुबईमा नेकपा माओबादी केन्द्र अन्तर्गत प्रवास संगठन जनप्रगतीशिल मन्च यूएईको आयोजनामा पार्टी नेता तथा कार्यकर्ता भेटघाट र नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    आज अर्थात मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुने कोप-२८ मा प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उनले अति कम विकसित मुलुकको तर्फबाट अध्यक्षता गर्नेछन्। डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिने छन्।

    प्रकाशित मिति :मंसिर १४ २०८० बिहिवार - १९:५६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij