२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली निकट र उनकै सरकारका मन्त्रीलाई नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शहरी विकासमन्त्री प्रभु शाहलाई फोन गरेर पार्टीले खोजिरहेको बताएपछि प्रभु साह अचम्म परे ।
बुधवार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठककै बीचमा श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन् । "पार्टीले तपाईंलाई खोजिरहेको छ," श्रेष्ठले फोनमा साहलाई भने ।
त्यसपछि शाहले कुन पार्टी भनेर प्रश्न गरे । "माओवादी केन्द्र नि १ तपाईंलाई पर्खिरहेछ," सञ्चारकर्मीकै अगाडि फोनमा बोल्दै श्रेष्ठले भने ।
पूर्व माओवादी नेता प्रभु शाह यतिबेला एमालेका अध्यक्ष ओलीनिकट बनेका छन् । प्रतिनिधि सभा बैठकपछि ओलीले मन्त्री बनाएका थिए । शुरुमा बाबुराम भट्टराई नजिक रहेका साह बाबुरामले पार्टी छोडे पछि प्रचण्ड निकट थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij