Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तनहुँ बस दुर्घटना अपडेट : घाइते २ जनाको मृत्यु, केहीको अवस्था गम्भीर

तनहुँ बस दुर्घटना अपडेट : घाइते २ जनाको मृत्यु, केहीको अवस्था गम्भीर


  • 3.1K
    Shares

    तनहुँ बस दुर्घटना अपडेट : घाइते २ जनाको मृत्यु, केहीको अवस्था गम्भीर

    तनहुँको ब्यास नगरपालिका-२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

    आज बिहान पौने ६ बजे धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो। घाँसीकुवमा  सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०-५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो। अन्य केही घाइतेको अवस्था अझै गम्भिर रहेको खाँडले जानकारी दिए ।

    राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए। दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन्।

    घाइतेहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र तनहुँको रत्नहरी मेमोरियल अस्पताल उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए।

    प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताए।

    प्रकाशित मिति :मंसिर १३ २०८० बुधवार - १०:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij