Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

चिसोले भूकम्पपीडित सुत्केरीको मृत्यु

चिसोले भूकम्पपीडित सुत्केरीको मृत्यु


  • 2.2K
    Shares

    चिसोले भूकम्पपीडित सुत्केरीको मृत्यु
    images

    जाजरकोटमा भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्ने गरेकी एक सुत्केरीको चिसोले मृत्यु भएको छ। 

    जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको मृत्यु भएको हो। उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ।

    स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए।

    नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।” चदाराले छोरीको जन्म दिएकी थिइन्।

    गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भयो भने तीन सय ४६ घाइते भएका थिए।

    प्रकाशित मिति :मंसिर ११ २०८० सोमवार - ०८:४१:०१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij