Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

२१ दिनअघि बेपत्ता भएकी युवतीको शव भीरमा भेटियो

२१ दिनअघि बेपत्ता भएकी युवतीको शव भीरमा भेटियो


  • 3.1K
    Shares

    २१ दिनअघि बेपत्ता भएकी युवतीको शव भीरमा भेटियो
    images

    म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ।

    गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो।

    म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शव पुष्पाको भएको पुष्टि भएको छ। उक्त शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको हो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ।

    घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ । बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन् । उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो।

    पुष्पाको मृत्युको विषयलाई शङ्कास्पद देखिएको छ। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :मंसिर ११ २०८० सोमवार - ०६:३२:३९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij