Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

असोजमा सुधारिएको आयात कात्तिकमै घट्यो : ५ खर्बको वस्तु आयात हुँदा निर्यात ५० अर्बको मात्रै, व्यापार घाटा कति ?

असोजमा सुधारिएको आयात कात्तिकमै घट्यो : ५ खर्बको वस्तु आयात हुँदा निर्यात ५० अर्बको मात्रै, व्यापार घाटा कति ?


  • 2.2K
    Shares

    असोजमा सुधारिएको आयात कात्तिकमै घट्यो : ५ खर्बको वस्तु आयात हुँदा निर्यात ५० अर्बको मात्रै, व्यापार घाटा कति ?

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को असोजसम्म आइपुग्दा सुधारिएको आयात कात्तिकसम्म आइपुग्दा घटेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा कात्तिक महिनासम्ममा आयात ३.७९ प्रतिशतले घटेको छ। 

    अघिल्लो आर्थिक वर्षको कात्तिकसम्ममा ५ खर्ब ३२ अर्ब रूपैयाँ बराबरको आयात भएकोमा यो वर्ष कात्तिकसम्ममा ५ खर्ब १२ अर्ब रूपैयाँमा सीमित भएको छ। 

    असोजसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेर ४ खर्ब ७ अर्ब रूपैयाँ पुगेको थियो। मासिक दरमा भइरहेको आयात साउनदेखि असोजसम्म बढ्दो क्रममा देखिएको थियो। 

    तर, कात्तिममा यो घटेको छ। साउनमा एक खर्ब २९ अर्ब, भदौमा एक खर्ब ३० अर्ब र असोजमा एक खर्ब ४८ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो। कात्तिक एक महिनामा मात्रै एक खर्ब चार अर्ब रूपैयाँको आयात भएको छ।

    कात्तिकसम्म आइपुग्दा निर्यात समेत अघिल्लो वर्षकोभन्दा ७.६८ प्रतिशतले घटेर ५० अर्बमा सीमित भएको छ। अघिल्लो वर्षको कात्तिकसम्ममा ५४ अर्ब रूपैयाँको निर्यात भएको थियो। 

    निर्यातसँगै आयात पनि घटेकोले मुलुकको व्यापार घाटा पनि कम हुँदै गएको छ। अघिल्लो वर्ष ४ खर्ब ७७ अर्बले व्यापार घाटा रहेकोमा यस वर्ष यस्तो घाटा ४ खर्ब ६१ अर्ब रूपैयाँमा सीमित भएको छ।

    मुलुकको व्यापार अन्तर बढ्दै गएको छ। अर्थात् अहिले मुलुकबाट एक रूपैयाँको निर्यात हुँदा १० रूपैयाँ १४ पैसा बराबरको आयात भएको छ। अघिल्लो वर्ष यस्तो अन्तर कम थियो। अघिल्लो वर्ष यही अवधिमा एक रूपैयाँ बराबरको निर्यात हुँदा ९ रूपैयाँ ७३ पैसा बराबरको आयात भएको थियो।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०७:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij