२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गरेका हुन्।
सर्वोच्च अदालत प्रशासनले बुधवारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ। उनले रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् ।
जिल्ला सुरक्षा समिति, काठमाडौँले गरेको सिफारिसका आधारमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij