२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन हो ।
कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी ‘आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउछ ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा लक्ष्मी क्यापिटल रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij