Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कञ्चजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा बाह्य पर्यटकको सङ्ख्या बढे 

कञ्चजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा बाह्य पर्यटकको सङ्ख्या बढे 


  • 2.2K
    Shares

    कञ्चजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा बाह्य पर्यटकको सङ्ख्या बढे 
    images

    फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समय बाह्य पर्यटकको सङ्ख्या बढ्ेको छ । कोरोनाको सङ्क्रमणका कारण करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समयमा भने पर्यटकको सङ्ख्या बढेको हो । 

    कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दसैँ र तिहारको समयमा सय जना विदेशी पर्यटक आएका छन् ।

    यस क्षेत्रमा असोज महिनादेखि पर्यटकको आगमन सुरु हुने गरेको उनले बताए । असोज, कात्तिक र मङ्सिर २ गते सम्ममा छ सय ५० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएको घुन्सा पर्यटन चेकपोष्ट कार्यालयले जनाएको छ । विगतको तुलनामा यसवर्ष आन्तरिक पर्यटक वृद्धि भएको छ ।

    गतवर्ष असोज, कात्तिक र मङ्सिर महिनामा चार सय ५० बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन गरेका थिए । 

    आन्तरिक पर्यटकको भने अहिलेसम्म कुनै निकायले तथ्याङक राख्ने गरेको छैन । पर्यटकको आगमनले कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । 

    स्थानीय समुदाय पर्यटन व्यवसायमा निर्भर हुँदै आएका छन् । वर्षको दुई  याममा यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । अहिले चिसो मौसम सुरु भएसँगै पर्यटकको आवागमनमा कमी हुँदै गएको पर्यटन सहायक शेर्पाले बताए ।  

    प्रकाशित मिति :मंसिर ४ २०८० सोमवार - ०७:४५:५३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij