Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

चिनी खोजतलास गर्न उपत्यकामा तीन टोली परिचालन

चिनी खोजतलास गर्न उपत्यकामा तीन टोली परिचालन


  • 2.8K
    Shares

    चिनी खोजतलास गर्न उपत्यकामा तीन टोली परिचालन
    images

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन भएको छ ।

    तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य विभाग, आन्तरिक राजस्व कार्यालयसहितको टोली परिचालन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    ‘उपत्यकामा चिनीको खोजतलास गर्न ३ वटा टोलीपरिचालन भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘नेपाल प्रहरीसहित,जिल्ला प्रशासन, नाप तौल, आन्तरिक राजस्व लगायतका सबै निकाय अनुगमनमा सहभागी छन् ।’

    केहीबेर अघि प्रधानमन्त्री कार्यालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु बीच चिनी अनुगमनबारे छलफल भएको थियो ।

    तीन वटै सुरक्षा निकायएको बैठकमा काठमाडौंमा लुकाइएको चिनी खोज्न सबै संयन्त्र प्रयोग गर्ने निर्णय भए बमोजिम टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८० शुक्रवार - १४:४१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij