Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आफ्नो कोरोना बीमा भुक्तानीबाट आएको रकमले मन्त्री भट्टराईले तीन सय विपन्न नागरिकको बीमा गराए

आफ्नो कोरोना बीमा भुक्तानीबाट आएको रकमले मन्त्री भट्टराईले तीन सय विपन्न नागरिकको बीमा गराए


  • 8.7K
    Shares

    आफ्नो कोरोना बीमा भुक्तानीबाट आएको रकमले मन्त्री भट्टराईले तीन सय विपन्न नागरिकको बीमा गराए

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमावापतको (१ लाख रुपैयाँ) रकम विपन्न नागरिकको कोरोना बीमाका लागि खर्च गरेका छन् ।

    मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार उनी कोरोना संक्रमणबाट मुक्त भएपछि बीमावापत एक लाख रुपैयाँ प्राप्त गरेका थिए । 

    उक्त रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका तीन सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गर्न खर्च गरेका हुन्।

    साथै मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२ सय ७६ जनाको कोरोना बीमा गराइदिएका छन् । यसरी मन्त्री भट्टराईले कुल १५सय ७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको उनको सचिवालयले जनाएको छ । 

     

    yo.jpg

     

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १४:०९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij