Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरी नै पक्राउ

मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरी नै पक्राउ


  • 3.1K
    Shares

    मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरी नै पक्राउ
    images

    मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन्। 

    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाएको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए। उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ परेका छन्।

    प्रहरीको अनुसन्धानले तामाङ मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा संलग्नता भएको पाइएको प्रहरीको दाबी छ।

    प्रकाशित मिति :कार्तिक १४ २०८० मंगलवार - ०७:३७:१७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij