२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्नेतर्फ सचेत रहन अनुरोध गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij