२०८२ माघ १३ गते मंगलवार
नेपाल राष्ट्र बैंकले सेयर धितोमा जारी हुने कर्जाको एकल ग्राहक सीमा बढाएर १५ करोड रूपैयाँ पुर्याएको छ। अब कुनै व्यक्तिले सेयर धितोमा अधिकतम १५ करोड रूपैयाँसम्म कर्जा पाउने भएको हो।
अब संस्थाले एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ। राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो।
राष्ट्र बैंकले आज एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो।
यस अघि यो सीमा १२ करोड थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij