Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक हुन स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था शिक्षा विधेयकबाट हटाउन माग

शिक्षक हुन स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था शिक्षा विधेयकबाट हटाउन माग


  • 3.1K
    Shares

    शिक्षक हुन स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था शिक्षा विधेयकबाट हटाउन माग

    शिक्षक हुन स्नातक तह  उत्तिर्ण गरेको हुनुपर्ने बुँदा विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरिएको छ । ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न माग गरेको हो ।विधेयकमा शिक्षक महासंघ, पेशागत संघ संगठनहरूले उठान गरेका मागहरूमा ४० वर्ष उमेर हद र प्लस टु सहित शैक्षिक योग्यताका लगायतका विषय उठान गरेको भन्दै ती मागहरू संशोधन गर्न भनिएको हो ।

    विधेयकको दफा ५ (ख) मा आधारभूत तहको शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने भन्ने छ । संघर्ष समितिले उक्त दफामा आधारभूत तर्फ कक्षा १ देखि ५ सम्मका लागि न्यूनतम प्लस टु पास गरेको हुनुपर्ने गरी संशोधन गर्न माग गरेको छ ।

    त्यस्तै कक्षा १ देखि ८ सम्म विषयगत न्युनमत प्लस टु पास, कक्षा ९ र १० को हममा न्यूनतम स्नातक र कक्षा ९ देखि १२ सम्मको हकमा विषयगत न्यूनमत स्नातकोत्तर तह पास गरेको भनि शैक्षिक योग्यता तोक्नुपर्ने माग गरेको हो । त्यस्तै दफा ५० (घ) मा रहेको शिक्षक हुन २१ वर्ष पुरा भई ३५ वर्ष पुरा नभएको भन्ने छ । संघर्ष समितिले उक्त बुँदा संशोधन गरेर शिक्षक बन्न उमेर हद १८ वर्ष पुरा भई ४० वर्ष पुरा नभएको हुनुपर्ने गरी संशोधन गर्न माग गरेको हो । त्यस्तै एसईई राष्ट्रिय परीक्षा बोर्डबाटै हुने साविककै व्यवस्था गर्न समेत माग गरेको छ ।

    त्यस्तै माध्यमिक विद्यालयको प्रअको हकमा सम्बन्धित स्थानीय तहभित्र मावि तहमा पढाउने शिक्षकमध्येबाट एक जनालाई सीईओको रूपम खुला प्रतिस्पर्धाबाट गराउनुपर्ने माग छ । सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई छोराछोरीलाई अनिवार्य रूपमा आफुले पढाउने विद्यालयमा अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था गर्न समेत माग गरेको छ ।

    सरकारी कर्मचारीका छोराछोरीले समेत सामुदायिक विद्यालयमा अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

     

    प्रकाशित मिति :आश्विन १७ २०८० बुधवार - १६:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij