Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बेगनासतालमा एक युवक मृतावस्थामा फेला

बेगनासतालमा एक युवक मृतावस्थामा फेला


  • 1.8K
    Shares

    • images
    बेगनासतालमा एक युवक मृतावस्थामा फेला
    images

    लेखनाथ ।  पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान  मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ  मृतावस्थामा फेला परेको बताए ।

    उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । 

    इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो । नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।
     

    प्रकाशित मिति :आश्विन १७ २०८० बुधवार - १५:१४:३४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij