Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

१० लाख श्रोत खुल्न नसकेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ

१० लाख श्रोत खुल्न नसकेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ


  • 2.5K
    Shares

    १० लाख श्रोत खुल्न नसकेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ

    १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट आइतबार १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नेमा भारतको महाराजगंज सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुरका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपि शैलेन्द्र थापाले जानाकारी दिए  ।

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यान जाँच गर्दा १० लाख भारुसहित उनीहरूलाई नियन्त्र०मा लिइएको हो । 

    पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको उनले जानकारी दिए । उल्लेखित रूपैयाँ र दुईवटै भ्यान भने राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको उनले बताए । 

    प्रकाशित मिति :आश्विन १५ २०८० सोमवार - १०:२६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij