Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पायक पर्ने विद्यालयमा पदस्थापन गर्न माग गर्दै दृष्टिविहीन शिक्षक पौडेल आमरण अनसनमा

पायक पर्ने विद्यालयमा पदस्थापन गर्न माग गर्दै दृष्टिविहीन शिक्षक पौडेल आमरण अनसनमा


  • 3.0K
    Shares

    पायक पर्ने विद्यालयमा पदस्थापन गर्न माग गर्दै दृष्टिविहीन शिक्षक पौडेल आमरण अनसनमा

    शिक्षक दृष्टिविहीन भएकै कारण विद्यालयमा पदस्थापन हुन नसके पछि आमरण अनसनमा बसेकी छन् । पोखरा २० कास्कीकी शिक्षक शोभा पौडेल आफू पूर्ण दृष्टिविहीन भएकोले पोखरा महानगरपालिका भित्र पायक पर्ने विद्यालयमा पदस्थापन गर्न माग गर्दै आमरण अनसनमा बसेकी हुन् ।

    २०७९ माघ २३ गते शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी उनलाई लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको विद्यालयमा हाजिर हुनेगरी नियुक्ति गरिएपछि विद्यालय जान आउन कठिन भएकोले पोखरा महानगरपालिका भित्र पहुँचयुक्त र पायक पर्ने विद्यालयमा पदस्थापनको माग गर्दै आमरण अनसनमा बसेकी छन् ।

    उक्त विद्यालय दोर्दी गाउँपालिकाको अति विकट ठाउँमा रहेको र पौडेल पूर्ण दृष्टिविहीन भएकाले विद्यालयमा एक्लै जान आउन नसक्ने हुँदा पायक पर्ने कुनै विद्यालयमा पदस्थापन माग गरेकी छन् ।

    २०७९ माघ २३ गते शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरे पनि ८ महिनासम्म अन्य पायक पर्ने विद्यालय पदस्थापन गरीदीन भन्दै विभिन्न निकाय धाउँदा पदस्थापन नभएपछि आमरण अनसनमा बसेकी हुन् । विद्यालयले उनलाई काम गर्न गाह्रो हुन्छ भनेर गाउँपालिकालाई अन्यत्र व्यवस्थापन गर्न लिखित अनुरोध गरेको थियो ।

    गाउँपालिकाबाट जिल्ला, प्रदेश हुँदै मन्त्रालय सम्म पुग्दा पनि उनको पदस्थापन हुन सकेन । शिक्षक पौडेलले पदस्थापन गरी हाजिर हुने ठाउँ नपाएपछि असोज १४ गतेदेखि शिक्षा विकास तथा समन्वय इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा आमरण अनसन सुरु गरेकी छन् ।

    प्रकाशित मिति :आश्विन १५ २०८० सोमवार - ०७:४८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij