Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सरकारसँगको सहमतिको मसी नसुक्दै फेरि कुटिए चिकित्सक

सरकारसँगको सहमतिको मसी नसुक्दै फेरि कुटिए चिकित्सक


  • 4.7K
    Shares

    सरकारसँगको सहमतिको मसी नसुक्दै फेरि कुटिए चिकित्सक
    images

    काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। करिब एक साता आन्दोलनपछि सरकारसँग सहमति भएको केही घण्टाभित्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका हुन्। 

    आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक र स्वास्थ्कर्मीलाई कुटपिट गरिएको हो।काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका आफन्तहरुले चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेका हुन्। 

    मेडिकल कलेजको नेफ्रो विभागको ओपीडी डा. मनीषसहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएका हुन्। डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका खुलेको छ।

    मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ। सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए। 

    पोखराको मणिपाल अस्पताल र मकवानपुरको हेटौंडास्थि सञ्चो अस्पतालका चिकित्सकहरु कुटिएका थिए। त्यसयता देशभरका चिकित्सकहरुले काम छाडेर आन्दोलन चर्काएका थिए। 

    प्रकाशित मिति :आश्विन १४ २०८० आइतवार - १३:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij