Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यो वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि हुने

यो वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि हुने


  • 5.2K
    Shares

    यो वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि हुने

    काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो । 

    चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ । जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ । 

    त्यस्तै कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउनेछ । त्यो शिक्षा विकास तथा समन्वय इकाईमार्फत हुनेछ । त्यस्तै माघ पहिलो साता परीक्षाको समय तालिका प्रकाशन र परीक्षा केन्द्र निर्धारण गर्ने कार्यतालिका छ । २०८१ को साउन तेस्रो साता पूरक परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन १२ २०८० शुक्रवार - २१:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij