Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नेपालकै अहिलेसम्मको सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन

नेपालकै अहिलेसम्मको सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन


  • 2.4K
    Shares

    नेपालकै अहिलेसम्मको सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन

    काठमाडौं। मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको  मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । 

    कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरुको उपस्थितीमा  मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा  मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरुलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो ।

    लन्चमा बोल्दै मनाङ बेभरेजका डाइरेक्टर आश्रय रंजितकारले भने “हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजारमा ल्याएका छौँ । स्थानीय स्तरमा उत्पादित स्याउहरुबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन तपाईँहरु माझ ल्याउन पाउँदा हामी उत्साहित छौँ । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरुले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।”

    प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाङ भ्यालीमा स्थानीय किसानहरुद्वारा उत्पादित स्याउबाट
    बनेको मनाङ  भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ । मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दावी छ । 

    मनाङ  भ्याली वाइनको आगमनले स्थानिय रुपमा उत्पादित सामाग्रीहरुको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ । त्यस्तै स्वस्तिमा खड्काले भन्नुभयो “मनाङ भ्याली वाइन वास्तवमै गज्जब स्वदको छ । यसको हरेक सिपमा हिमालयको शुद्धता र मौलिकपनाको आभास हुन्छ । विदेशी वाइनहरुले प्रभुत्व जमाउदै गरेको अहिलेको अवस्थामा मनाङ  भ्याली वाइनको यस स्तरको नेपाली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा हो। ”

    मनाङ भ्याली वाइन व्हाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ । 

     

    प्रकाशित मिति :आश्विन ११ २०८० बिहिवार - ०९:२७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij