Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सनराइज क्यापिटलको १३औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

सनराइज क्यापिटलको १३औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश वितरण गर्ने


  • 2.5K
    Shares

    सनराइज क्यापिटलको १३औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

    काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभासम्पन्न गरेको छ । सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित भएको छ ।

    आ.व. २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती प्रस्ताव समेत पारित भएको हो । कम्पनीको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरे । क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

    कम्पनीले बर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आईरहेको र उक्त म्युचुअल फण्ड मध्य सन्राइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ।

    साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्धेश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित् भएको छ ।

    प्रकाशित मिति :आश्विन १० २०८० बुधवार - १६:१८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij