Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रहरी र शिक्षकबिच आज पनि धकेलाधकेल

प्रहरी र शिक्षकबिच आज पनि धकेलाधकेल


  • 3.3K
    Shares

    प्रहरी र शिक्षकबिच आज पनि धकेलाधकेल

    काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् ।  बुधबार प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबिच केही बेर धकेलाधकेल समेत भएको छ ।

    आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार सिटी बजाएर आन्दोलन गरेका थिए । उनीहरुले काठमाडौँको माइतिघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका थिए ।

    गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।  

    aandolan tec.1.JPGaandoln tec.JPG

    प्रकाशित मिति :आश्विन १० २०८० बुधवार - १२:४०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij