Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज पनि राहत शिक्षकहरूको विरोध जारी

आज पनि राहत शिक्षकहरूको विरोध जारी


  • 2.9K
    Shares

    आज पनि राहत शिक्षकहरूको विरोध  जारी

    काठमाडौँ । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौँमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

    सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरूले शिक्षक महासङ्घले धोका दिएको भन्दै आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

    माइतीघर नयाँबानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।

    प्रकाशित मिति :आश्विन १० २०८० बुधवार - ११:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij