Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकले बन्द गरे सेवा

नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकले बन्द गरे सेवा


  • 2.3K
    Shares

    • images
    नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकले बन्द गरे सेवा
    images

    काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।

    सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुको मनोबल घटेको भन्दै उनीहरुले सबै सेवा ठप्प पारेको घोषणा गरेका हुन् ।

    नेपाल मेडिकल कलेजले ओपीडी सेवा आज बन्द भएको जनाएको छ । अस्पताल आएका आकस्मिक बाहेकका बिरामीहरुलाई कर्मचारीहरुले आज डाक्टरहरुको हड्ताल भएको भन्दै भोलि ओपीडीमा आउन आग्रह गर्दै फर्काएका छन् ।

    लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।

    डाक्टरमाथि हातपात गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८० मंगलवार - १०:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij