२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् ।
बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा हिँडेका मन्त्री पौडेललाई बुटवलबाट सैनामैनातर्फ जाने क्रममा कालो झण्डा देखाएका हुन् ।
उनीहरुले पौडेलले मन्त्रीपदसँग प्रदेशको राजधानी साटेको भन्दै उनकाविरुद्ध नाराबाजीसमेत गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई हटाए पनि कसैलाई गिरफ्तार भने नगरेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij