Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई कार्यालयमा

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई कार्यालयमा


  • 4.2K
    Shares

    कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई कार्यालयमा

    सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका सबै शिक्षक संगठनहरुलाई बोलाएका छन्।

    यही असोज ५ गते सरकारसँग सहमति गरेका शिक्षक महासंघ र असन्तुष्ट रहँदै आन्दोलनरत राहत शिक्षक केन्द्रीय समितिसहितलाई देउवाले मंगलबार सिंहदरबारमा बोलाएका हुन्। 

    राहत शिक्षक केन्द्रीय समितिका एकजना पदाधिकारीका अनुसार जारी आन्दोलनबारेमा छलफलका लागि मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बोलाइएको हो। 

    राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तर अगाडि बढाइरहेपछि देउवाले उनीहरुका माग र समाधानका उपायहरुबारे बृहत् छलफलको तयारी गरेका हुन्। उक्त छलफलका लागि संघीय संसद्‍को शिक्षा तथा प्रविधि समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुलाई पनि झिकाइएको छ।

    सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएका थिए। यसअघि शिक्षक महासंघसँग केही सहमति भए पनि राहत शिक्षक, ईसीडी र विद्यालय कर्मचारीहरु अहिले पनि आन्दोलित छन्।

    आन्दोलन मत्थर नभएको अवस्थामा सरकारसँग सहमति गरेका र असहमत सबै संगठनसँग छलफल गरेर निचोडमा पुग्ने तयारी गरेको एकजना नेताले बताएका छन्। उक्त छलफलमा कांग्रेस पदाधिकारी र संसदीय दलका सचेतक रमेश लेखकसहित पनि सहभागी हुनेछन्। 

    प्रकाशित मिति :आश्विन ८ २०८० सोमवार - १६:४४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij