Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

इन्जिनियरिङको स्नातक अध्ययन शुल्क ५ लाख ५४ हजार बनाउन सुझाव

इन्जिनियरिङको स्नातक अध्ययन शुल्क ५ लाख ५४ हजार बनाउन सुझाव


  • 3.7K
    Shares

    इन्जिनियरिङको स्नातक अध्ययन शुल्क ५ लाख ५४ हजार बनाउन सुझाव

    काठमाडौं । शुल्क पुनरावलोकन समितिले इन्जिनियरिङको स्नातक तहको अध्ययन शुल्क ५ लाख ५४ हजार बनाउन सुझाव दिएको छ ।

    इन्जिनियरिङ अध्ययन संस्थानले नयाँ शैक्षिक सत्रदेखि पूर्ण शुल्कीय तर्फको शैक्षिक शुल्क वृद्धि गरेर ७ लाख ७५ हजार पुर्‍याएपछि सुरु भएको विद्यार्थी आन्दोलन पुनः शुल्क निर्धारण गर्ने सहमतिपछि फिर्ता भएको थियो ।

    इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले गत भदौ १९ गते गठन गरेको पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. हरिराम पराजुली संयोकत्वको ११ सदस्यीय समितिले नयाँ शुल्कको प्रस्तावसहित डिन कार्यालयलाई २६ भदौमा प्रतिवेदन बुझाएको थियो ।

    समितिका संयोजक पराजुलीका अनुसार तीन बुँदे सुझाव प्रतिवेदनमा नयाँ शुल्क ५ लाख ५४ हजार बनाउन सकिने, शिक्षण शुल्कमा वार्षिक ७ प्रतिशत वृद्धि गर्न सकिने र एरो स्पेस इन्जिनियरिङ र केमिकल इन्जिनियरिङको शुल्क पनि समान बनाउनुपर्ने सुझाव दिइएको छ । हाल संस्थानले यी दुई शैक्षिक कार्यक्रमको ६ लाख ५ हजार लिँदै आएको छ ।

    समितिले प्रतिवेदन बुझाए पनि डिन कार्यालयले भने नयाँ शुल्क निर्धारण गर्न सकेको छैन । जसको कारण विद्यार्थीको भर्नाको लागि प्रवेश परीक्षा अनिश्चित बनेको छ । भदौ २५ गतेदेखि भर्नाका लागि प्रवेश परीक्षा लिने तयारी गरेका क्याम्पसहरुले शुल्क विवादको कारण स्थगित गरेका छन् ।

    संस्थान अन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, धरान इन्जिनियरिङ क्याम्पस र चितवन इन्जिनियरिङ क्याम्पसमा पढाइ हुने गरेको छ ।

    प्रकाशित मिति :आश्विन ८ २०८० सोमवार - १६:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij