२०८२ भाद्र १० गते मंगलवार
पोखरा । विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ ।
असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।
दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् । स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij