Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बिहान खाली पेटमै भुलेर पनि नखानुहोस् यी ४ चीज

बिहान खाली पेटमै भुलेर पनि नखानुहोस् यी ४ चीज


  • 5.0K
    Shares

    • images
    बिहान खाली पेटमै भुलेर पनि नखानुहोस् यी  ४ चीज
    images

    बिहान उठ्ने बित्तिकै धेरै मानिस खाली पेटमा चिया वा कफी पिउन थाल्छन् । कतिलाई जुस पनि पिउन मनपर्छ । यदि तपाईं पनि यसो गर्नुहुन्छ भने होसियार किनकि यी कुराले तपाईंको दिन बिगार्न सक्छ । 

    राती सुतेपछि हाम्रो पेटमा पाचन प्रक्रियाले ढिलो काम गर्ने भएकोले बिहान खाली पेटमा हाइड्रोक्लोरिक एसिड बढी हुन्छ । यस्तो स्थितिमा केही खानेकुराले यो एसिडलाई बढाउने काम गर्छ । केही खानेकुराले पेटमा हाइड्रोक्लोरिक एसिडलाई थप बढाउने काम गर्छ जसका कारण पेटमा अत्यधिक ग्यास, एसिडिटी, ब्लटिङ आदिको समस्या बढ्ने गर्छ । यसले गर्दा तपाईंको स्वास्थ्यलाई नकारात्मक असर पार्न सक्छ ।

    हामी आज हामी तपाईंलाई खाली पेटमा खान नहुने केही खानेकुराबारे जानकारी दिँदै छौँ । 

    १. सोडा वा कोल्ड ड्रिङ्क

    सोडा वा कोल्ड ड्रिङ्क्सले पेटको ग्यास वा एसिडिटी कम हुन्छ भनेर धेरैले सोच्ने गर्छन् तर खासमा यी पेय पदार्थले ग्यासको समस्या बढाउँछ । त्यसैले तपाईंले बिर्सेर पनि खाली पेटमा सोडा वा कोल्ड ड्रिङ्क खाने गल्ती नगर्नुहोस् । 

    २. सिट्रस फलफूल

    कतिपयले बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला सुन्तला खाने गर्छन् । तर बिहान खाली पेटमा यो सिट्रस फल खाँदा तपाईंको पूरा दिन खराब हुनसक्छ किनभने सुन्तलाले पेटमा ग्यास र एसिडलाई बढाउँछ जसले समस्या निम्त्याउँछ । कागती, सुन्तला, अङ्गुर आदि सिट्रस फल हुन् । बिहान खाली पेटमा सुन्तला खाँदा पेटमा एसिडको मात्रा बढी हुन्छ । जसका कारण पेट फुल्ने र दिनभरि असहज हुने गर्दछ । 

    ३. कफी

    टाइम्स अफ इन्डियाको समाचार अनुसार, धेरै मानिसले आफ्नो दिन कफीबाट सुरु गर्छन् । कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । त्यसैले खाली पेटमा यसको सेवन गर्दा तपाईंको पूरा दिन खराब हुनसक्छ । कफी पिएपछि पेटमा अत्यधिक मात्रामा हाइड्रोक्लोरिक एसिड बन्न थाल्छ । बिहान खाली पेटमा पहिले नै हाइड्रोक्लोरिक एसिडको मात्रा बढी हुन्छ । यसको अर्थ यसले ग्यास र एसिडिटीलाई बढाउँछ र ग्यास्ट्रिकको समस्या बढाउन सक्छ । 

    ४. मसालेदार खानेकुरा

    बिहान खाली पेटमा मसालेदार खाना खानु हुँदैन । यसले पेटमा ग्यास र एसिडिटीलाई बढाउँछ जसले स्वास्थ्यमा समस्या निम्त्याउँछ । मसालेदार खानाले पेट त फुलाउँछ नै आन्द्राको लाइनिङमा घाउ बनाउन थाल्छ । त्यसैले बिहान मसालेदार खाना नखाएकै राम्रो । 

    प्रकाशित मिति :आश्विन ८ २०८० सोमवार - १२:०१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij