Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सडकमै यसरी सुते शिक्षक

सडकमै यसरी सुते शिक्षक


  • 4.5K
    Shares

    सडकमै यसरी सुते शिक्षक

    काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् ।

    नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए ।

    सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

    राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

    techer 1.JPG

    प्रकाशित मिति :आश्विन ८ २०८० सोमवार - ११:४५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij