२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् । शाहका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका हुन् ।
शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए । उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij