Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एक महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

एक महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला


  • 2.9K
    Shares

    एक महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयको ताला

    रुपन्देही । एक महिनाअघि दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला बिहीबार खुलेको छ ।

    गत भदौ ४ गते नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले लगाएको ताला पाँच बुँदे सहमतिपछि खुलेको हो । एकपछि अर्को तालाबन्दीले विश्वविद्यालय गतिहीन भएको छ । तालाबन्दीका कारण विश्वविद्यालयका नियमित प्रशासनिक र आर्थिक कामहरू अवरुद्ध भएका छन् ।

    यसअघि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्द गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । बिहीबार भएको वार्तामा विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिले औंल्याएका विषयहरू अनिवार्य रुपमा कार्यान्वयन गर्ने र सेवा आयोगका आगामी विज्ञापनका आवेदनहरू अनलाइनबाट भर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

    वार्तामा विश्वविद्यालयका तर्फबाट संयोजक जर्मन चौधरी तथा सदस्यहरू किशोरचन्द्र गौतम र कपिलदेव सुवेदी सहभागी थिए भने विद्यार्थी संगठनका तर्फबाट विष्णु चौधरी, गणेश पौडेल र विन्दु खड्का थिए ।

    यसैगरी विश्वविद्यालयका अति संवेदनशील शाखा, विभागमा कार्यरत प्राध्यापक र कर्मचारीहरूको आवश्यकता र औचित्यको न्यायोचित व्यवस्थापन गर्ने र सेवा आयोगबाट लिइने कर्मचारीका परीक्षाहरू केन्द्रीय कार्यालय रहेको दाङ जिल्लामै सञ्चालनको व्यवस्था मिलाउने सहमति भएको छ ।

    यसअघि सेवा आयोगको ताला खोल्न विश्वविद्यालय र नेविसंघबीच भएको वार्तामा सेवा अयोगका सबै परीक्षाहरू लोक सेवा आयोगलाई सञ्चालन गर्न दिने सहमति भएको थियो । सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिने निर्णय फिर्ता लिनुपर्ने माग अखिल क्रान्तिकारीले राखेको थियो ।

    यसअघि सेवा आयोगको कार्यालयमा तालाबन्दी भएपछि असार २१ गतेदेखि हुन लागेको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकको परीक्षाका साथै असार २७ देखि सहप्राध्यापकका लागि हुन लागेको परीक्षाहरू स्थगित भएका थिए । ताला खुलेपछि भदौ ३ गते सेवा आयोगले कर्मचारी र प्रध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो ।

    परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । यसअघि नेविसंघले असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा लगाएको ताला साउन ३१ गतेमात्रै खुलेको थियो । यस्तै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले असार ३ देखि केन्द्रीय कार्यालयमा लगाएको ताला झन्डै दुई महिनापछि साउन २६ गते खुलेको थियो ।

    प्रकाशित मिति :आश्विन ५ २०८० शुक्रवार - १५:१९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij