Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हरेक दिन कार्यालयमा पुगेपछि अब प्रहरीले अनिवार्य ध्यान गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

हरेक दिन कार्यालयमा पुगेपछि अब प्रहरीले अनिवार्य ध्यान गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ


  • 2.6K
    Shares

    • images
    हरेक दिन कार्यालयमा पुगेपछि अब प्रहरीले अनिवार्य ध्यान गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
    images

    काठमाडौँ । गृह मन्त्रालयले अब प्रत्येक दिन प्रत्येक प्रहरी कार्यालयमा ध्यान गराउने कार्यक्रम लागू गर्ने भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको कार्यक्षमता बढाउनका लागि यस्तो कार्यक्रम राख्न लागिएको जानकारी गराएका हुन् ।

    बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सुशासनको अभियानलाई फाइदा गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागिएको बताए ।  छिट्टै राष्ट्रपतिले उद्घाटन गर्ने ध्यान कार्यक्रम देशभरिका प्रहरी कार्यालयमा लागू हुने उनको भनाई छ । 

    ‘कुन बेला प्रहरीले ध्यान गर्ने हो ?’ भन्ने सांसदहरूको प्रश्नमा उनले हरेक दिन बिहान कार्यालय पुगेपछि १५ मिनेट अनिवार्य ध्यान गर्नुपर्ने बताए । यस्तो ध्यान कुनै धर्म सम्प्रदायको नभई वैज्ञानिक किसिमको हुने उनले स्पष्ट पारे । 

    आफैलाई हेर्न, दण्डहीनता कम गर्न र काम गर्ने क्षमता बढाउनका लागि ध्यान गरेर मात्र काम सुरु गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । पश्चिमा देशमा पनि कार्यालय तथा विद्यालयमा ध्यान गराएर मात्र काम अघि बढाउन थालिएको समेत उनले जानकारी गराए ।

    प्रकाशित मिति :आश्विन ४ २०८० बिहिवार - १०:३४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij