Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास


  • 3.5K
    Shares

    जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

    काठमाडौं । जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् ।

    गत २६ जेठमा न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित परीक्षा दिएका थिए । उनीहरुमध्ये पारसमणि पोखरेल मात्र उतीर्ण भएका हुन् । उनको अन्तर्वार्ता सोमबार हुँदैछ ।

    २९ जना जिल्ला न्यायाधीशका लागि गरिएको विज्ञापनमा आन्तरिक खुलामा १५ जना, खुला प्रतियोगितामा ७ जना, महिला २, आदिवासी जनजाति २, मधेशी २ र दलित १ जना माग गरिएको थियो ।

    पोखरेलले आन्तरिक खुलाको १५ र खुला प्रतिस्पर्धाको ७ पदमा प्रतिस्पर्धा गरेका थिए । न्याय सेवाको न्यायप्रशासन समूहका पोखरेल सर्वोच्च अदालतमा कार्यरत छन् । २०७० सालमा न्याय सेवाको शाखा अधिकृत बनेका उनी २०७६ सालमा न्याय सेवाको उपसचिवको परीक्षा उतीर्ण गरेका थिए ।

    अन्य कुनै पनि पदमा प्रतिस्पर्धा गरेका परीक्षार्थी उतीर्ण हुन सकेनन् । न्याय सेवा आयोगले गरेको विज्ञापन अनुसारको परीक्षा भने लोकसेवा आयोगले लिँदै आएको छ ।

    जिल्ला न्यायाधीशको परीक्षामा परीक्षार्थीले चारवटा पत्रको जाँच दिनुपर्छ । जसमध्ये ३ वटा सैद्धान्तिक विषयमा र एउटा आदेश तथा फैसला लेखन सीप परीक्षणको पत्र हुन्छ ।

    जिल्ला न्यायाधीशका लागि १०० पूर्णाकको परीक्षामा ५० अंक ल्याएमा उतीर्ण हुन्छन् । यसपटक भएको परीक्षाका प्रतिस्पर्धीमध्ये करिव २० जना कानून व्यवसायी थिए भने अरु न्याय सेवाका कर्मचारीहरु थिए ।

    प्रकाशित मिति :भाद्र ३१ २०८० आइतवार - १५:२५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij