Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाल र भारतका स्त्रीरोग एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको एकदिने वृहत सम्मेलन सम्पन्न

नेपाल र भारतका स्त्रीरोग एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको एकदिने वृहत सम्मेलन सम्पन्न


  • 3.7K
    Shares

    • images
    नेपाल र भारतका स्त्रीरोग एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको एकदिने वृहत सम्मेलन सम्पन्न
    images

    काठमाडौँ । ल्याप्रोस्कोपी सेन्टर नेपाल प्रालिको आयोजना एवं पीबी नेपाल प्रा.लि., होप फर्टिलिटी सेन्टर एवं ब्लुक्रस हस्पिटलको सहकार्यमा नेपालमै पहिलो पटक एकदिने बृहत् स्वास्थ्य सम्बन्धी जानकारीमूलक सन्देशसहित नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन सम्पन्न भएको छ ।

    भदौ ३० गते शनिवार द एभरेष्ट होटल, काठमाडौंमा सम्पन्न भएको एक दिने सम्मेलनमा भारतका प्रख्यात स्त्रीरोग एवं आईभीएफ विशेषज्ञहरु डा.जय मेहता, डा. राजेश करोडिया, डा. जतीन शाह, डा. संकेत पिसत, डा.सचिन दलाल र डा.अल्का कृपलानीले कसरी यस समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भनेर आफ्नो अनुभव सुनाएका थिए ।

    यसैगरी नेपालका प्रख्यात स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरु डा. रंगिना लाईकंगबम र डा. स्वस्ती शर्माले नेपालमा स्त्रीरोग तथा प्रसूति रोगको अवस्था र बिना चिरफार गरिने उपचार पद्धति अर्थात् ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपीका फाइदा सम्बन्धी विस्तृत छलफल गरेका थिए ।

    नेपालका २०० भन्दा बढी प्रख्यात स्त्रीरोग, निःसन्तान तथा प्रसूति चिकित्सकहरुको उपस्थिति रहेको सम्मेलनले थप नयाँ कुरा सिक्न अवसर प्रदान गरेको बताइएको छ । 

    प्रकाशित मिति :भाद्र ३१ २०८० आइतवार - १३:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij