Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकमाथि सांसद्हरूले मागे सुझाव

‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकमाथि सांसद्हरूले मागे सुझाव


  • 3.1K
    Shares

    ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकमाथि सांसद्हरूले मागे सुझाव

    काठमाडौँ । ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक संसदमा दर्ता भएसँगै सांसद्हरू सक्रिय भएका छन् । उनीहरूले सार्वजनिक रूपमा विधेयकमाथि थपघट गर्नुपर्ने (संशोधन) विषयमा सार्वजनिक रूपमा सुझाव माग्न थालेका हुन् ।

    विधेयकका विषयमा चौतर्फी चासो बढेपछि सांसद्हरूले सुुझाव माग्न थालेका हुन् ।  पूर्व शिक्षामन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले मेलमार्फत सुधार गर्नुपर्ने विषय भए पठाउन अनुरोध गरेका छन् ।

    उनले शिक्षाविद्, प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाहरूले आफ्नो सुझाव मेलमार्फत पठाउन सकिने बताएका हुन् ।

     

    उनले आफ्नो मेल आईडी मा devendrapaudel@gmail.com सुझाव पठाउन अनुरोध गरेका छन् ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डाक्टर तोसिमा कार्कीले समेत विधेयकमाथि आवश्यक सुझाव दिन आग्रह गरेकी छन् ।

    सरोकारवालामार्फत सुझाव तथा सल्लाहहरू गुगल फारममार्फत दिन अनुरोध गरेकी हुन् । उनीहरूले शिक्षा समितिमा छलफल गर्ने भन्दै सुझाव माग गरेका हुन् ।  त्यस्तै विद्यार्थी संगठनहरूले समेत आफ्नो धारणाा बनाउने भन्दै सुझाव माग गर्दै आएका छन् ।

    नेविसंघले विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि धारणा बनाउनुपर्ने भन्दै मातहतका निकायहरूलाई परिपत्र गर्दै राय सुझाव माग गरेको हो ।

    प्रकाशित मिति :भाद्र २९ २०८० शुक्रवार - १२:२३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij