Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आधारभूत र माध्यमिक तहको शिक्षक हुन स्नातक र स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने

आधारभूत र माध्यमिक तहको शिक्षक हुन स्नातक र स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने


  • 4.8K
    Shares

    आधारभूत र माध्यमिक तहको शिक्षक हुन स्नातक र स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने

    काठमाडौँ । सरकारले आधारभूत तहको शिक्षक बन्न कम्तीमा स्नातक र माध्यमिक तहको शिक्षक हुन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने प्रस्ताव गरेको छ ।

    सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा विधेयकमा शिक्षकलाई आधारभूत र माध्यमिक तहमा श्रेणी विभाजन गरिएको छ ।

    हालसम्म प्राथमिक, निम्नमाध्यमिक र उच्च माध्यमिक तहको शिक्षक रहने व्यवस्था थियो । प्राविलाई कक्षा १०, निमाविलाई कक्षा १२ र मावि शिक्षकलाई स्नातक उत्तीर्ण गरेको हुनुपर्ने थियो । अब कक्षा ५ सम्म अध्यापन गराउने साधारण र कक्षा ६ देखि १२ सम्म अध्यापन गराउने शिक्षक विषयगत हुने व्यवस्था गरिएको छ ।

    आधारभूत तहको साधारण शिक्षक हुनका लागि शैक्षिक योग्यता स्नातक तह प्रस्ताव गरिएको छ । तर साधारण शिक्षकका हकमा जुनसुकै विषयमा स्नातक पूरा गरेको भए पनि हुन्छ । विषयगत शिक्षकतर्फ भने आधारभूत र माध्यमिक तहका लागि सम्बन्धित विषयमा क्रमशः स्नातक र स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

    संविधानले कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरे पनि कानुन अभावमा शिक्षक सेवा आयोगले पुरानै ऐनअनुसार प्रावि, निमावि र मावि तहका शिक्षक नियुक्त गर्दै आएको छ ।

    प्रकाशित मिति :भाद्र २७ २०८० बुधवार - १२:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij