२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको सहायक कम्पनीले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थी वर्गमा पुँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व –Corporate Social Responsibility (CSR)अन्तर्गत एक महत्वाकांक्षी शैक्षिक पहल अनावरण गरेको छ।
देश भरीका विद्यार्थी वर्गलाई लक्षित गरि नेपालका हरेक प्रदेशमा साक्षरता अभियान पु¥याउन, व्यक्ति र संस्था दुवैलाई सशक्तिकरण गर्न, तिनीहरूलाई वत्तीय साक्षरताको संस्कृतिको पालनपोषण गर्दै व्यक्ति र संस्था दुवैलाई सशक्त बनाउने आफ्नो केन्द्रीय उद्देश्यका साथ, सनराइज क्यापिटलले प्रदेश-७ ,धनगढीको सन्तोषी टोलमा अवस्थित , सुदुर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) मा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको छ।
यस कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी र सरोकारवालाहरूले भाग लिएका थिए। उक्त कार्यक्रम सत्र अत्यधिक अन्तरक्रियात्मक र सहयोगी रहेको थियो।
सनराइज क्यापिटल लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङका विभागिय प्रमुख बिनोद आलेले पुँजी बजारका विभिन्न कार्यात्मक पक्षहरू जस्तै डिम्याट खाता र यसको सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, सल्लाहकार सेवा, एस आई पि लगानी र धेरै आधारभुत आवश्यक विषयहरूमा विस्तृत अन्त:दृष्टि प्रदान गरे।
बीटा एनालिटिक्स प्रा.ली का विक्रम चित्रकार र सञ्जीव घिमिरेद्वारा आयोजित तथ्यात्मक तथ्याङ्क युक्त प्रशिक्षण सत्र मार्फत कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको थियो।
बीटा एनालिटिक्स प्रा.लिका बिक्रम चित्रकार र सञ्जीव घिमिरेद्वारा आयोजित तथ्यात्मक तथ्याङ्कयुक्त प्रशिक्षण सत्र मार्फत कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ। विद्यार्थी र युवा व्यक्तिहरूलाई उनीहरूको प्रश्नहरूको पर्याप्त रूपमा सम्बोधन गर्न र पुँजी बजारमा निहित विभिन्न अवसरहरू र जटिलताहरूको बारेमा जानकारी गराउन, शिक्षित र प्रबुद्ध बनाउन कार्यक्रमलाई सावधानीपूर्वक तयार गरिएको पनि जानकारि दिए ।
सनराइज क्यापिटलले यस्तै शिक्षा सञ्चालनमा निरन्तर लागिरहेको घोषणा गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij