Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दैनिक स्याउको सेवनले के फाइदा हुन्छ ?

दैनिक स्याउको सेवनले के फाइदा हुन्छ ?


  • 2.8K
    Shares

    • images
    दैनिक स्याउको सेवनले के फाइदा हुन्छ ?
    images

    काठमाडौं । बजारमा सजिलै हरेक मौसममा पाइने फलफूल मध्ये एक हो स्याउ । आज हामी हरेक दिन स्याउ खाँदा यसबाट के कस्ता फाइदा पुग्छ भन्ने बारे चर्चा गर्दैछौँ । दैनिक एउटा या दुईवटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानले पुष्टि गरेको छ । दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने र फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन्। नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुन्छ।

    यी हुन् दैनिक स्याउ खाँदा पुग्ने पाँच फाइदाहरू :
    कोलेस्ट्रोल कम गर्न
    स्याउमा ‘पेक्टिन’ भन्ने तत्व पाइन्छ । युरोपेली जर्नल अफ न्युट्रिसनले गरेको अनुसन्धानले स्याउको जुसको तुलनामा पूरै स्याउ खाँदा कोलेस्ट्रोल कम गर्ने प्रभाव देखिएको छ। एकेडेमी अफ न्यूट्रिशन एण्ड डाइटेटिक्सको जर्नलले गरेको अध्ययनले पनि ७५ ग्राम स्याउ खाँदा महिलाहरूमा कोलेस्ट्रोल घटाउन मद्दत गरेको देखाएको छ।

    मधुमेहबाट बचाउन मद्दत गर्छ
    हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ। फाइबर तत्वको कारण स्याउमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ। यसले इन्सुलिन संवेदनशीलता सुधार गर्न मद्दत गर्न सक्छ, जुन तौल व्यवस्थापन र मधुमेह रोक्न दुवैको लागि महत्त्वपूर्ण छ।

    मोटोपना रोक्न सक्छ
    धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ। स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ। अध्ययन अनुसार स्याउबाट निकालिएको पेक्टिनले पेटको माइक्रोबायोम (लाभकारी ब्याक्टेरिया) लाई नियमित गर्न मद्दत गर्दछ, जसले मोटोपना रोक्न सक्छ ।

    हृदय रोगबाट बचाउन सक्छ
    स्याउमा पोलिफेनोल, सुरक्षात्मक प्लान्ट कम्पाउन्डहरू प्रचुर मात्रामा हुन्छन्, जसमध्ये एउटा ‘फ्लेभोनोइड क्वेरसेटिन’ हो। अमेरिकन जर्नल फर क्लिनिकल न्यूट्रिशनले गरेको अनुसन्धानले उच्च क्वार्सेटिन स्तर भएका व्यक्तिहरूमा मुख्यतया स्याउ खाँदा हृदय रोग र दम लगायतका धेरै पुरानो रोगहरूको जोखिम कम भएको देखाएको छ । स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ।

    हड्डी स्वस्थ बनाउनका लागि लाभदायक
    फलफूल र तरकारीको उचित सेवनले हड्डी स्वस्थ बनाउन सहयोग गर्छ। स्याउले शरीरबाट कम भएको क्याल्सियमको मात्रा पूरा गर्न सक्छ र हड्डी बलियो बनाउन सक्छ।

    प्रकाशित मिति :भाद्र २५ २०८० सोमवार - १०:०४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij