Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सुन प्रकरण: थप एक जना पक्राउ

सुन प्रकरण: थप एक जना पक्राउ


  • 2.4K
    Shares

    सुन प्रकरण: थप एक जना पक्राउ

    हङकङबाट भएको ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

    रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको सीआईबी स्रोतले पुष्टि गरेको छ।

    स्रोतका अनुसार नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ।

    ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। सुरुमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई साउन २१ गते बुझाएको थियो।

    त्यसपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ।

    प्रकाशित मिति :भाद्र १८ २०८० सोमवार - १३:१४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij