२०८२ माघ ७ गते बुधवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भवन तत्काल नभत्काउन उच्च अदालत पाटनले आदेश जारी गरेको छ।
निवेदक प्रभा चापागाईंले दायर गरेको रिटमा न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले बिहीबार आदेश जारी गर्दै तत्काल नभत्काउन भनेको हो।
राप्रपा कार्यालय भत्काउने तयारीसहित काठमाडौं महानगरको टोली गत साउन १५ गते डोजरसहित पुगेको थियो। तर, यसबारे कानूनको प्रकृया बिना भत्काउदा निवेदिकाको साम्पत्तिक हकमा असर परी अपूर्णिय क्षति पुग्ने देखिंदा अन्तरिम छलपलको मितिसम्म उक्त घरलाई असर पर्नेगरी कुनै काम नगर्न आदेश जारी भएको हो।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij